समाचार
प्रवाह गरिने सेवाहरु र सिफारिसको प्रक्रिया
मेचिनगर नगरपालिकाको संक्षिप्त परिचय
मेचीनगर नगरपालिकाबाट निम्न बमोजिमका सेवाहरु प्रवाह गरिन्छ ।
१. घर नक्शापाश प्रमाण पत्र
२. व्यक्तिगत घटना दर्ता प्रमाण पत्र
३. नाता प्रमाणित प्रमाण पत्र
४. बारुणयन्त्र सेवा
५. सिफारिसहरु
- नेपाली नागरिकता प्रमाण पत्र सिफारिस
- घरबाटो प्रमाणित सिफारिस
- बिद्युत मिटर जडान सिफारिस
- जग्गा नामसारी सिफारिस
- नामसंसोधन सिफारिस
- जन्ममिति प्रमाणित सिफारिस
- बिवाहमिति प्रमाणित सिफारिस
- खानेपानि धारा जडान सिफारिस
- वसोवास प्रमाणित सिफारिस
- मृत्यू प्रमाणित सिफारिस
- चारकिल्ला प्रमाणित सिफारिस
- अविवाहित प्रमाणित सिफारिस
- हैसियत प्रमाणित सिफारिस
- पारिवारिक विवरण प्रमाणित सिफारिस
नोट : माथि उल्लेखित सेवाहरु प्राप्त गर्न लाग्ने सेवा दस्तुर हेर्न यहाँ क्लिक गर्नुहोस ।
मेचीनगर नगरपालिकाको सिफारिस प्रक्रिया
यस मेचीनगर नगरपालिकाबाट सम्पादन हुने बिभिन्न बिषयका सिफारिसहरु जस्तै घरबाटो प्रमाणित, मोही लगतकटा, खानेपानि धारा जडान, जग्गा नामसारी सिफारिस लगायत नाता प्रमाणित लिन चाहने व्यक्ति, संघ, संस्था आदिले सर्वप्रथम सम्बन्धित वडा कार्यालयमा आवेदन पेश गर्ने र उक्त आवेदन साथ आवश्यक कागज,प्रमाण तथा आवश्यकता बमोजिम स्थलगत सरजमिन समेत गरी वडा कार्यालयको सचिवले सिफारिस गरी पठाउने गरिन्छ । वडा कार्यालयको सिफारिस सहितको उक्त आवेदन नगरपालिका कार्यालयमा कार्यालय प्रमुख तथा तोकिएका शाखा प्रमुखबाट तोकादेश भएपछि सोधपुछ तथा दर्ता ईकाईमा दर्ता हुन्छ । दर्ता पश्चात उक्त मिसिल सम्बन्धित फाँटमा जान्छ । सम्बन्धित फाटमा पेश भएका प्रमाणहरु भिडाई सिफारिस दिन मनासिव देखिएमा सिफारिस तयार गरी सो वापत लाग्ने दस्तुर राजश्व उपशाखामा जम्मा गर्न लगाई सोको नगदी रसिद सहित कार्यालय प्रमुख वा तोकिएका शाखा प्रमुखहरुको हस्ताक्षरका लागि पेश हुन्छ । तत्पश्चात चलानी भएर सिफारिसको सम्पूर्ण प्रक्रिया समाप्त हुन्छ ।
COVID-19 सम्बन्धित
मेचीनगर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिन विवरण
राहत स्वघोषणा फारम (राहात आवश्यक पर्ने तथा परेका व्यक्तिहरुले भर्ने फारम)
मेचीनगर नगरपालिकाको राहात कोषमा जम्मा भएको नगद तथा जिन्सी सामग्री विवरण
चैत्र १ गते पछी विदेशबाट मेचीनगर नगरपालिका क्षेत्रमा आएका/फर्किएका व्यक्तिहरुको विवरण
COVID-19 Daily Screening Report from Kakarvitta Health Desk