समाचार
Brief Introduction
मेचिनगर नगरपालिकाको संक्षिप्त परिचय
नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो । भौगोलिक आकारमा सानो र भौतिक विकासमा पछाडि परे तापनि प्राकृतिक सौन्दर्य, विविध भाषा र संस्कृतिले गर्दा नेपाल देश विदेशका अन्वेशक एवं सौन्दर्यप्रेमीहरुको लागि आर्कषक र उपयोगी भूभागको रुपमा परिचीत रहेको छ ।
विकेन्द्रीकरणको अवधारणा अनुरुप नगरपालिकाहरुलाई स्वायत्त शासन अन्र्तगत राखी नगरवासीहरुलाई नगर क्षेत्रको समग्र विकास निमार्ण कार्यमा अत्याधिक मात्रमा संलग्न गराई अधिकतम सेवा तथा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने उदेश्यले २०५३ सालमा घोषित बाईस नगरपालिकाहरु मध्ये मेचीनगर नगरपालिका पनि एक हो ।
पूर्वाञ्चल विकास क्षेत्रको झापा जिल्ला अन्र्तगत नेपालको सुदुरपूर्वी सिमाना मेची नदिको परिषरमा अवस्थित मेचीनगर नगरपालिकाको कुल क्षेत्रफल 192 वर्ग कि.मी. रहेको छ । यो मेची नदीको पश्चिम किनारमा २६ डिग्री ०२ मिनेट देखि २६ डिग्री ०५ मिनेट उत्तरी अक्षांसको विच र ८९ डिग्री ३९ मिनेट पूर्व देखि ८८ डिग्री ०२ मिनेट पूर्वी देशान्तर विचमा पर्दछ । यहाँ औषत १५०० मि.लि प्रति वर्ष बर्षा हुने गर्दछ भने अधिकतम तापक्रम ३८ डिग्री सेल्सीयस र न्युनतम तापक्रम ०६ डिग्री सेल्सीयस रहने जल तथा मौषम विज्ञान विभागको रेकर्डमा पाईन्छ ।
यहाँ हिन्दु, किरांत, बुद्ध, श्रीकृष्ण प्रणामी, मुस्लिम, शैव, वैष्णव, साई, यशु तथा मानव धर्म मान्नेको वाहुल्यता पाईन्छ । नेपाल मात्र नभएर विश्वमै लोपोन्मूख किसान जाति समेत यो नगरपालिमा रहेका छन । ब्राहमण, क्षेत्री, राई, लिम्बु, धिमाल, दनुवार, मेचे, थारु, चौधरी, सुनुवार, भोटे, तामाङ, सेर्पा, नेवार, मगर, गुरुङ, भुजेल, राजबंशी, जोगी, माझी, कुमाल जातिको यहाँ बसोवास गर्दछन । यहाँ पर्यटकिय तथा धार्मिक दृष्टिकोणले परिचित पातालगंगा मन्दिर, बौद्ध गुम्वा, विश्वनाथ मन्दिर, पञ्चमुखी मन्दिर, हनुमान मन्दिर, दुर्गा मन्दिर काकरभिट्टा क्षेत्रमा र काली मन्दिर, पशुपतिनाथ मन्दिर, कृष्ण प्रणामी मन्दिर, राधास्वामी सतसंग, मस्जिद र चर्च धुलाबारी क्षेत्रमा रहेका छन ।
यसको उचाई समुन्द्र सतहबाट १०० मि. रहेको छ । १५ वडामा विभाजित मेचीनगर नगरपालिका को कुल क्षेत्रफल १९२ वर्ग किलोमिटर रहेको छ | २५,५३१ घर धुरी रहेको मेचीनगर नगरपालिका जम्मा जनसंख्या १,११,७३७ छ |
पूर्वमा नेपाल भारत सिमाना मेची नदी सहित देशको सबैभन्दा लामो पूर्व पश्चिम लोकमार्गको सुदूर पूर्वीखण्ड भएकोले यसलाई नेपालकै पूर्वको प्रवेशद्धार भनेर चिनिन्छ । यो नगरपालिकाको बाटो भएर छिमेकी मित्र राष्ट्र भारत र भुटानसँग नेपालको व्यपारिक गतिविधि हुदै आएको साथै मित्र राष्ट्र बंगलादेशको बाटो हुदै तेश्रो राष्ट्रसँगको व्यपारिक सम्बन्ध समेत यसै नगरपालिकाको बाटोबाट हुने गरेकोले यसको भविष्यमा व्यपारिक र पर्यटकिय दृष्टिकोणले महत्व बढने कुराको आकलन गर्न सकिन्छ ।
COVID-19 सम्बन्धित
मेचीनगर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिन विवरण
राहत स्वघोषणा फारम (राहात आवश्यक पर्ने तथा परेका व्यक्तिहरुले भर्ने फारम)
मेचीनगर नगरपालिकाको राहात कोषमा जम्मा भएको नगद तथा जिन्सी सामग्री विवरण
चैत्र १ गते पछी विदेशबाट मेचीनगर नगरपालिका क्षेत्रमा आएका/फर्किएका व्यक्तिहरुको विवरण
COVID-19 Daily Screening Report from Kakarvitta Health Desk
सुचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५ बमोजिम स्वत प्रकाशित विवरण
नदिजन्य पदार्थ सम्बन्धी सम्झौता