FAQs Complain Problems

मेचीनगर नगरपालिका कार्यालय , झापा

Read More

बासबारी सिमसार, मेचीनगर वडा नम्बर ११

Read More

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

मेचीनगर नगरपालिकाको संक्षिप्त परिचय |

प्रदेश न. १ को झापा जिल्लामा अवस्थित मेचिनगर नगरपालिका जनसंख्याको आधारमा देशकै सबैभन्दा ठुलो नगरपालिका हो मेचिनगर नगरपालिकालाइ नेपालको पूर्वी सिमानाको प्रवेशद्वार पनि भनिन्छ । झापा जिल्लाको मेचिनगर नगरपालिका २०५३ सालमा नगरपालिका घोषणा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उधोग तथा वाणिज्यको केन्द्र समेत हो । मेचिनगर नगरपालिकालाइ दुइ वटा राजर्माग र्पुव पश्चिम महेन्द्र राजर्माग र मेची राजर्मागले जोडेको छ । झापा जिल्लाका १५ वटा स्थानीय तह मध्ये एक मेचिनगर नगरपालिका तत्कालिन साविकका ५ वटा मेचिनगर नगरपालिका र ज्यामीरगढी, धाइजन, बाहुनडाँगी र दुवागढी गाविसहरु समेटी २०७३ सालमा मेचिनगर नगरपालिका घोषणा भएको हो । मेचि नदीको नामबाट नै यस नगरपालिकाको नाम रहन गएको छ । यस नगरपालिकामा विभिन्न धर्म तथा जात जातीका मानीसहरु बसोबास गर्दछन । जसको आफ्नै मातृभाषा, भेषभुषा र रहनसहन छ । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु, बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ, जसले सर्वलंैगिक संस्कृति झल्काउछ । यहाँको मुख्य भाषा भनेको नेपाली हो । दशैं, तिहार जस्ता राष्ट्रिय चाड पर्वका अलावा होली, गाइजात्रा, ल्होसार, ईद, माघे सक्रान्ती, जनै पुर्णिमा आदि जस्ता पर्वहरु मनाइन्छ । यस नगरपालिकामा खेतीयोग्य उर्वर भूमिको साथै पशुपालन लगायत व्यापार व्यवशाय र उद्योगको प्रचुर सम्भावना रहेको छ ।
द्द।द्द भौगोलिक अवस्थिति
मेचिनगर नगरपालिकाको पूर्वमा भारत पश्चिममा अर्जूनधारा र विर्तामोड नगरपालिका उत्तरमा बुद्दशान्ती गाँउपालिका र ईलाम जिल्ला र दक्षिणमा भद्रपुर नगरपालिका रहेका छन्् । १९२.८५ वर्ग कि.मी. कुल क्षेत्रफल रहेको यस मेचिनगर नगरपालिका ८८ड्ढ ०२ु पुर्वी देशान्तर देखि ८८ डिग्री ११ मिनेट २६ सेकेन्ड देशान्तर सम्म र २६ डिग्री, ३३ मिनेट, २३ सेकेन्ड उत्तरी अक्षांस देखि २६ डिग्री, ४८ मिनेट, २० सेकेन्ड उत्तरी अक्षाँस सम्म फैलिएको छ । पूर्वमा नेपाल भारत सिमाना मेची नदी सहित देशको सबैभन्दा लामो पूर्व पश्चिम लोकमार्गको सुदुर पूर्वीखण्ड भएकोले यसलाइ नेपालको पुर्वी सिमानाको प्रवेशद्धार समेत भनिन्छ । काठमाण्डौबाट करीव ४७५ कि.मि.दक्षिण र्पूवमा मेचिनगर नगरपालिका रहेको छ भने विराटनगरबाट करिव ११५ कि. मी.र्पूवमा रहेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्गढीबाट १९ कि. मि.को दुरीमा यस नगरपालिकाको केन्द्र मेचिनगर नगरपालिकाको र्कायालय रहेको छ ।
 

 

Welcome to Mechinagar

 

 

प्रमुख प्रशासकीय अधिकृत

                                                                                                                                                                                                    

 

अग्निप्रसाद अधिकारी
 9852629111, 023562437
प्रमुख प्रशासकीय अधिकृत